अब बीमाको प्रिमियम डिजिटल भुक्तानीबाट गर्न सकिने
Heading2
BusinessSarokar
|
१९ मंसिर २०८२, बिहीबार
३ भदौ, काठमाडौं । राष्ट्रिय बीमा संस्थानको प्रिमियम डिजिटल भुक्तानीबाट गर्न सकिने भएको छ ।डिजिटल भुक्तानीका लागि नेपाल क्लियरिङ हाउससँग कनेक्ट आइपिएसमार्फत डिजिटल भुक्तानीसम्बन्धी सम्झौता गरिसकेको संस्थानले जनाएको छ ।
उक्त सम्झौताअनुसार अब संस्थानमा बीमा शुल्क कनेक्ट आइपिएसबाट तिर्न सकिने भएपछि लाइन बस्ने र कार्यालयमै पुग्नुपर्ने बाध्यता पनि हटेको छ ।
प्रशासक पाठक र क्लियरिङ हाउसका प्रमुख कार्यकारी अधिकृत निलेशमानसिंह प्रधानबीच डिजिटल भुक्तानी सेवा शुभारम्भ सम्बन्धी सम्झौता भएको थियो । संस्थानले विगतमा ‘डस’ प्रविधिमा आधारित काम गरेकोमा अब डिजिटल प्रविधिबाट काम गर्नसक्ने भएको छ ।
व्यक्तिको जन्म मिति र पोलिसी नम्बर राख्दा त्यसले बीमितलाई सुरक्षासमेत प्रदान गर्दछ ।
सम्बन्धित खबर
सफलता चुम्ने कसरी ? (यस्ता छन् धनाढ्य व्यक्तिले अपनाएका गोप्य सुत्रहरु)
१९ मंसिर २०८२, बिहीबार
अमेरिकी डलरको भाउ स्थिर, अन्य देशको कति ? (हेर्नुहोस् सुचीसहित)
१९ मंसिर २०८२, बिहीबार
बीमा क्षेत्रको बजेटमा थप प्राथमिकता
१९ मंसिर २०८२, बिहीबार
