Banking Khabar
Heading2

विदेशमा रहेका नेपालीले मेरो सेयरबाट नै आईपीओ भर्न पाउने

November 29, 2022
सेयर:

विदेशमा रहेका नेपालीले आईपीओमा आवेदन दिनका लागि सी–आश्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्थाबाट सिआरएन नम्बर पाउने भएका छन् ।

सिडिएससीका अनुसार सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगारी गरिरहेका नेपाली नागरिकका लागि निष्काशन भएको धितोपत्र खरिद आवेदन दिन चाहने सम्पूर्ण नेपाली नागरिकले बोर्डबाट धितोपत्र खरिद दरखास्त संकलन सम्बन्धी कार्य गर्न अनुमति प्राप्त आश्वा सदस्य बैंक तथा वित्तीय संस्था मार्फत आफ्नो विप्रेषण (रेमिट्यान्स) बचत खाता खोली सि–आश्वा रजिष्ट्रेशन नम्बर लिन सक्नेछन् ।

यसका लागि सम्पूर्ण सि–आश्वा सदस्यता प्राप्त बैंक तथा वित्तीय संस्थालाई सि-आश्वा प्रणालीमा आफ्ना ग्राहकको विप्रेषण (रेमिट्यान्स) बचत खाता तथा सो को लागि प्रदान गरिने सिआरएन नम्बर प्रविष्टि गर्ने व्यवस्था गरि सकेको सिडिएससीले जनाएको छ ।

सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगारी गरिरहेका नेपालीका लागि छुट्याईएको सेयरको खरिद आवेदनका दिनका लागि विप्रेषण (रेमिट्यान्स) बचत खाता उल्लेख गरि दर्ता गरिएको सिआरएन नम्बर अनिवार्य रहेकाले यथाशीघ्र आफ्नो खाता रहेको बैंकमा सम्पर्क राखी सिआरएन नम्बर लिन सिडिएससीले आग्रह गरेको छ ।