मूल्य समायोजनपछि सिनर्जी पावरको सेयर मुल्य कति ?

Heading1 BusinessSarokar | १६ पुष २०८२, मङ्गलबार

भदौ ४, काठमाडौं । गत आर्थिक वर्षको बोनस सेयर वितरणका लागि सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडको सेयरमूल्य समायोजन गरिएको छ।

नेप्सेले कम्पनीको सेयरमूल्य समायोजन गर्दै प्रतिकित्ता ६३४ रुपैयाँ कायम गरेको हो। यसअघिको अन्तिम कारोबार मूल्यअनुसार यो कम्पनीको प्रतिकित्ता ६९७ रुपैयाँ रहेको थियो। अब समायोजित मूल्यअनुसार यो कम्पनीको सेयर कारोबारमा आउनेछ।

कम्पनीले चुक्तापुँजी ७३ करोड ३२ लाख ५० हजार रुपैयाँको कुल १०.५२६३ प्रतिशतले हुन आउने लाभांश प्रस्ताव गरेको छ। जसमा १० प्रतिशतले हुन आउने ७ करोड ३३ लाख २५ हजार रुपैयाँबराबरको बोनस सेयर र कर प्रयोजनार्थ ०.५२६३ प्रतिशतले हुन आउने ३८ लाख ५९ हजार ९४.७५ रुपैयाँबराबरको नगद लाभांश रहेका छन्।

कम्पनीले बोनस सेयर जारीपछि कायम हुने चुक्तापुँजीको २ः१ अर्थात ५० प्रतिशत हकप्रद जारी गर्ने एजेन्डा पारित गर्नेछ।

सभाले गत आर्थिक वर्षका लागि प्रस्तावित कुल १०.५२ प्रतिशत लाभांश र २ः१ अर्थात ५० प्रतिशत हकप्रद जारीका लागि अनुमोदन गर्नेछ।

सेयर गर्नुहोस्: Facebook Twitter WhatsApp