पहिलो महिना नै सरकारको आम्दानी १ खर्ब माथि, महिनाको राजस्व साढे ८ %

Heading1 BusinessSarokar | २२ पुष २०८२, सोमबार

भदौ ४, काठमाडौं । महालेखा नियन्त्रक कार्यालयको तथ्याँक अनुसार सरकारले पहिलो महिनामा नै १ खर्ब बढी आम्दानी गरेको छ।भदौ २ गतेसम्ममा सरकारले कुल ९७ अर्ब १९ करोड ६ लाख रुपैयाँ राजस्व उठाएको छ यो रकम कुल लक्ष्यको ८.४४ प्रतिशत हो।

सरकारले चालु अर्थिक वर्षमा ११ खर्ब ५१ अर्ब ६० करोड ४ लाख रुपैयाँ राजस्व उठाउने लक्ष्य लिएको छ। म.नि.का का अनुसार बुधबारसम्ममा सरकारले कर बापत ८० अर्ब १ करोड १७ लाख रुपैयाँ संकलन गरेको छ भने गैर कर बापत १७ अर्ब १६ करोड ८९ लाख रुपैयाँ संकलन गरेको छ।

गत वर्षको समिक्षा अवधिमा सरकारले ६१ अर्ब ३७ करोड रुपैयाँ मात्रै राजस्व संकलन गरेको थियो। जुन लक्ष्यको ६ प्रतिशतको हाराहारी मात्रै थियो। तर चालु आ. ब को सुरुवात देखि नै सरकारले राजस्व संकलनमा सुधार ल्याएको देखिएको छ। हालसम्मको तथ्यांंक हेर्दा वर्षभरी नै यही अनुपातमा राजस्व संकलन भए सहज रुपमा लक्ष्य अनुसारको राजस्व उठ्ने देखिन्छ।

यस वर्ष सरकारको खर्च गर्ने प्रबृतिमा पनि केहि सुधार भएको देखिन्छ। आर्थिक वर्षको अन्त्यमा गएर मात्रै अत्याधिक बजेट खर्च गर्ने गरेको सरकारले यस वर्ष आर्थिक वर्षको सुरुवात देखिनै बजेट खर्च केहि बढाउन खोजेको देखिएको छ ।

 

सेयर गर्नुहोस्: Facebook Twitter WhatsApp