Banking Khabar
Heading1

मुक्तिनाथ कृषि कम्पनीले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा मेगा क्यापिटल

October 7, 2021
सेयर:

२१ असोज, काठमाडौं । मुक्तिनाथ विकास बैंकको सहायक कम्पनी मुक्तिनाथ कृषि कम्पनीले आईपीओ निष्कासन गर्ने भएको छ।

वि।सं। २०७५ सालमा १ अर्ब अधिकृत पुँजी र ४० करोड जारी पुँजीसहित स्थापना भएको कम्पनीले १० प्रतिशत सेयर सर्वसाधारणका लागि छुट्याइएको थियो । कम्पनीको आईपीओ निश्काशनको लागि मेगा क्यापिटल मार्केट्स धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त भएको छ ।

सोहीअन्तर्गत सर्वसाधारणका लागि रु। ४ करोडबराबरको ४ लाख कित्ता आईपीओ कम्पनीले निष्कासन गर्न लागेको हो। आवश्यकताअनुसार मुक्तिनाथ कृषि कम्पनीले जारी पुँजी बढाएर धेरैभन्दा धेरै सर्वसाधारणलाई जोड्ने लक्ष लिएको छ।

यसैबीच कम्पनीले आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा मेगा क्यापिटल मार्केट्सलाई नियुक्त गरेको छ। यस सम्बन्धमा आज मुक्तिनाथ कृषि कम्पनी र मेगा क्यापिटलबीच सम्झौता भएको छ। सम्झौतापत्रमा मुक्तिनाथ कृषि कम्पनीका कार्यकारी अध्यक्ष भरतराज ढकाल र मेगा क्यापिटलका प्रमुख कार्यकारी अधिकृत सवीर बादे श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

कार्यक्रममा मुक्तिनाथ कृषि कम्पनीका सञ्चालक तुलसीराम ढकाल, सीताराम काफ्ले र विजय गुरुङ, प्रमुख कार्यकारी अधिकृत सलिलकुमार श्रीवास्तव, कम्पनी सचिव रामशरण तिमल्सिना, मुक्तिनाथ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत कविन्द्रध्वज जोशी, मुक्तिनाथ बैंकका क्षेत्रीय प्रमुख बाबुराम ढकाल र मेगा क्यापिटलका प्रमुख लगानी अधिकृत सुलभ श्रेष्ठलगायतको उपस्थिति थियो।

कृषि क्षेत्रमा काम गर्ने अभिप्रायले निजी क्षेत्रको लगानीमा स्थापना भएका कम्पनीहरुमध्ये सर्वसाधारणका लागि यो धितोपत्र निष्कासन पहिलो हुनेछ । यो सुरुआतसँगै संस्थागत रुपमा विकास हुन नसकेको कृषि क्षेत्रलाई थप परिस्कृत र लगानीको केन्द्र बनाई संस्थागत विकास र अन्य नयाँ पब्लिक कम्पनीको आगमनको लागि कोशेढुङगा सावित हुने मुक्तिनाथ कृषि कम्पनीका कार्यकारी अध्यक्ष ढकाल बताउँछन्।

सम्झौता अनुसार यहि वर्षको चैत्र मसान्त भित्र निष्काशनको सवै प्रकृया पुरा गरी जारी गर्ने कम्पनीको लक्ष्य लिएको छ । आवश्यकता अनुसार मुक्तिनाथ कृषि कम्पनीले जारी पुँजि बढाएर धेरै भन्दा धेरै सर्वसाधारणलाई जोड्ने उद्धेश्य लिएको पनि बताइएको छ ।