बैंक अफ काठमाण्डूले ल्यायो कन्ट्याक्टलेस कार्ड सुविधा
बैंकिङ
BusinessSarokar
|
१९ मंसिर २०८२, बिहीबार
भदौ ४, काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडले प्रबिधिको उच्चतम् प्रयोग गरी ग्राहकहरुलाई उत्कृष्ट सेवा सुविधाहरु उपलब्ध गराउने क्रममा कन्ट्याक्टलेस भिसा डेबिट कार्ड सञ्चालनमा ल्याएको छ ।
नियर फिल्ड कम्युनिकेसन (एनएफसी) मा आधारित कार्डमा ट्याप सुविधा भएको पीओएस मेसिनहरुमा प्रयोग गर्न सकिन्छ। यो प्रबिधिमा मेसिन भित्र कार्ड नराखी एउटा सिमित दुरिबाट पीओएस मेसिनमा ट्याप मात्र गरी भुक्तानी गर्न सकिन्छ।
हालको विश्व महामारीको रुपमा रहेको कोभिड १९ को जोखिममा न्यूनिकरणको लागि यस कन्ट्याक्टलेस कार्डको माध्यमबाट भुक्तानी गर्दा ग्राहकहरुलाई ब्यक्तिगत दुरी कायम गर्न सहज हुनेछ । हाललाई यस प्रबिधि मार्फत ग्राहकहरुले प्रति कारोबार दुई हजार रुपैयाँसम्म कारोबार गर्न सक्नेछन् ।
सम्बन्धित खबर
१५ दिनमा व्यवस्थापन गर्ने सरकारी वाचा १९ दिनपछि पनि अधुरै
१९ मंसिर २०८२, बिहीबार
माछापुच्छ्रे बैंकले बोलायो साधारण सभा बोलायो
१९ मंसिर २०८२, बिहीबार
६ वर्षमा साढे ११ लाख टनले घट्यो उखु उत्पादन
१९ मंसिर २०८२, बिहीबार
