ग्लोबल आइएमई बैंकको मेरी उनीलाई स्वस्थ नारी पहल
बैंकिङ
BusinessSarokar
|
१९ मंसिर २०८२, बिहीबार
४ भदौ, काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले महिलालाई सशक्त बनाउने प्रयास स्वरुपनेपाल परिवार नियोजन संघसँगको समन्वयमा मेरी उनीलाई स्वस्थ नारी पहल अभियानको सञ्चालन गरेको छ ।
बैंकले यस अन्तगर्त सुर्खेत जिल्लाको गुर्वाकोट नगरपालिकास्थित सहारे स्वास्थ्य चौकीमा महिला स्वास्थ्य शिविरको आयोजना गरेको छ ।
यस अघि बैंकले महिलालाई आर्थिकरुपमा सशक्त बनाउनका लागि मेरी उनीलाई मुद्धती बचत खाता संचालनमा ल्याएको छ । मेरी उनीलाई स्वस्थ नारी पहलअन्तर्गत महिलालाई शारीरिक रुपमा सशक्त बनाउने बैंकको यो अर्को महत्वपूर्ण प्रयास रहेको बैंकले जनाएको छ ।
स्वास्थ्य शिविर ग्रामीण तथा अर्ध शहरी क्षेत्रका स्वास्थ्य सेवाको पहुँच नभएका महिला तथा बालिकाहरुका निम्ति प्रभावकारी हुने र महिलाहरुमा सकारात्मक प्रभाव पार्ने विश्वास बैंकले लिएको छ ।
सम्बन्धित खबर
अब मर्जर तथा प्राप्तिका कारण लामो समय कम्पनीहरूको शेयर कारोबार नरोकिने
१९ मंसिर २०८२, बिहीबार
माछापुच्छ्रे बैंकको ऋणपत्र नेप्सेमा सूचीकृत
१९ मंसिर २०८२, बिहीबार
माछापुच्छ्रे बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
१९ मंसिर २०८२, बिहीबार
