नेपाल बैंकको सञ्चालकमा शाक्य नियुक्त, शुक्रबार गरे शपथग्रहण

५ कार्तिक २०७८, शुक्रबार १२:५१

५ कार्तिक, काठमाडौं । नेपाल बैंकको सञ्चालकमा रितेश कुमार शाक्य नियुक्त भएका छन् । अर्थ मन्त्रालयको प्रतिनिधिको रुपमा रहेका यसअघि सञ्चालक सुमन दाहालको स्थानमा अर्थ मन्त्रालयकै सहसचिव शाक्य नियुक्त भएको बैंकले जनाएको छ ।

हिजो बिहीवार बैंकको सञ्चालक समितिका अध्यक्ष सुमनराज अर्यालले शाक्यलाई पद तथा गोपनियताको शपथ ग्रहण समेत गराइसकेको बैंकले जनाएको छ ।

शपथ ग्रहण कार्यक्रम पश्चात् बैंक सञ्चालक समिति अध्यक्ष सुमनराज अर्यालले नव नियुक्त सञ्चालकलाई सञ्चालक समितिमा स्वागत गर्दै सञ्चालक समितिमा रहेर बैंकको नीति निर्माण र व्यावसायिक विकासमा महत्वपूर्ण योगदान रहने विश्वास व्यक्त गरे ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *