महामारी नियन्त्रण कोषलाई कुमारी बैंकको सहयोग
४ भदौ, काठमाडौं । कुमारी बैंक लिमिटेडले विश्वव्यापी फैलिएको कोभिड महामारीको रोकथामका निमित्त दमक उद्योग वाणिज्य संघद्वारा सञ्चालित महामारी नियन्त्रण अभियान कोषमाकुमारी बैंकले रु. ५० हजार सहयोग गरेको छ ।
कोरोना भाइरस महामारीको रोकथामका साथ महामारीले प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा प्रभावित विविध क्षेत्रहरुलाई उजागर गर्न न्यून आम्दानी भएका अति विपन्न, सीमान्तकृत परिवारहरुलाई दैनिक उपभोग्य सामग्री आर्जनका निम्ति सो कोषले विविध कार्यक्रमहरु गर्दै आएको जनाएको छ ।
एक कार्यक्रममा बैंकका उर्लाबारी शाखाका प्रबन्धक युवराज दाहालले दमक वाणिज्य संघका अध्यक्ष गोकुल श्रेष्ठ, पूर्व अध्यक्ष तथा महामारी नियन्त्रण अभियानका संयोजक प्रकाश प्रसाईंलाई संयुक्त रुपमा सहयोग रकम बराबरको चेक हस्तान्तरण गरे ।
बैंकका अनुसार कोरोनाको प्रकोपलाई फैलन नदिने, क्वारेन्टिन व्यवस्थापन, औषधोपचार, विपन्नलाई खाद्यान्नको व्यवस्था लगायतका लागि आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त रकम सहयोग गरेको जनाएको छ ।
सम्बन्धित खबर
ग्लोबल आईएमई बैंकको साढे १३ प्रतिशत लाभांश प्रस्ताव
१९ मंसिर २०८२, बिहीबार
सांग्रिला डेभलपमेन्ट बैंक र सिडिएस एण्ड क्लियरिङ्गबीच निक्षेप सदस्यता सम्बन्धि सम्झौता
१९ मंसिर २०८२, बिहीबार
सिद्धार्थ बैंकद्वारा जोन्ता क्लबलाई आर्थिक सहयोग
१९ मंसिर २०८२, बिहीबार
