बैंकका कर्मचारीहरुको बोनस २० प्रतिशतले वृद्धि, हेर्नुस कुनको कति ?
भदौ ६, काठमाडौं । वाणिज्य बैंकका कर्मचारीहरुले पाउने बोनसमा २० प्रतिशतले वृद्धि भएको छ । सञ्चालनमा रहेका २७ वाणिज्य बैंकहरुमध्ये अघिल्लो आवको तुलनामा २१ वटा बैंकको गत आवमा कर्मचारीलाई वितरण गर्ने बोनसमा वृद्धि भएको छ ।
कुन बैंकले कति बढाए त ?
नेपाल बंगलादेश बैंक
नेपाल बंगलादेश बैंकले कर्मचारीहरुलाई बोनस बापतको रकममा ८०.५४ प्रतिशतले बढाएको छ ।
एनआइसी एशिया बैंक
एनआइसी एशिया बैंकले कर्मचारीलाई दिइने बोनस रकम ५.७० प्रतिशतले वृद्धि गरेको छ ।
कुमारी बैंक
कुमारी बैंकले कर्मचारीले पाउने बोनस रकम ६८.४७ प्रतिशतले वृद्धि गरेको छ ।
प्रभु बैंक
प्रभु बैंकले कर्मचारीलाई बोनस रकम ५९.८४ प्रतिशतले बढाएको छ ।
एनएमबी बैंक
यस बैंकले बोनस रकम ५८.४५ प्रतिशतले बढाएको छ ।
नेपाल इन्भेस्टमेन्ट बैंक
नेपाल इन्भेस्टमेन्ट बैंकले बोनस बापतको रकम ४७.९ प्रतिशतले बढाएको छ ।
मेगा बैंक
मेगा बैंकले कर्मचारीले पाउने बोनस रकम ४४.५८ प्रतिशतले बढाएको छ ।
प्राइम बैंक
प्राइम बैंकले कर्मचारीलाई प्रदान गरिने बोनस रकम ४३.७७ प्रतिशतले बढाएको छ ।
ग्लोबल आइएमइ बैंक
ग्लोबल आइएमइ बैंकले कर्मचारीले यस वर्ष ४०.९ प्रतिशत थप बोनस रकम प्राप्त गने छन् ।
सिटिजन बैंक
सिटिजन बैंकले कर्मचारीले पाउने बोनस रकम ३६.८७ प्रतिशतले बढाएको छ ।
सिद्धार्थ बैंक
सिद्धार्थ बैंकले कर्मचारीले पाउने बोनस रकम ३२.२१ प्रतिशतले बढाएको छ ।
नेपाल बैंक
नेपाल बैंकले कर्मचारीले पाउने बोनस रकम ३१.९८ प्रतिशतले बढाएको छ ।
सानीमा बैंक
सानीमा बैंकले कर्मचारीले पाउने बोनस रकम २८.३५ प्रतिशतले बढाएको छ ।
नविल बैंक
नविल बैंकले कर्मचारीले पाउने बोनस रकम २६.२५ प्रतिशतले बढाएको छ ।
माछापुच्छ्रे बैंक
माछापुच्छ्रे बैंकले कर्मचारीले पाउने बोनस रकम २२.७९ प्रतिशतले बढाएको छ ।
हिमालयन बैंक
हिमालयन बैंकले कर्मचारीले पाउने बोनस रकम १९.८२ प्रतिशतले बढाएको छ ।
कृषि विकास बैंक
कृषि विकास बैंकले कर्मचारीले पाउने बोनस रकम १९.३२ प्रतिशतले बढाएको छ ।
सनराइज बैंक
सनराइज बैंकले कर्मचारीले पाउने बोनस रकम १५.२९ प्रतिशतले बढाएको छ ।
नेपाल क्रेडिट एण्ड कमर्स बैङ्क
एनसिसि बैंकले कर्मचारीले पाउने बोनस रकम ११.८१ प्रतिशतले बढाएको छ ।
लक्ष्मी बैंक
लक्ष्मी बैंकले कर्मचारीले पाउने बोनस रकम ९.०५ प्रतिशतले बढाएको छ ।
बैंक अफ काठमाडौं
बिओके बैंकले कर्मचारीले पाउने बोनस रकम ७.६५ प्रतिशतले बढाएको छ ।
कुन बैकले कति घटाए ??
सिभिल बैंक
सिभिल बैंकले कर्मचारीले पाउने बोनस रकम ११.८९ प्रतिशतले घटाएको छ ।
राष्ट्रिय वाणिज्य बैंक
राष्ट्रिय वाणिज्य बैंकले कर्मचारीले पाउने बोनस रकम ११.९ प्रतिशतले घटाएको छ ।
सेन्चुरी बैंक
सेन्चुरी बैंकले कर्मचारीले पाउने बोनस रकम १४.३५ प्रतिशतले घटाएको छ ।
गत आवमा आर्जन गरेको नाफाबाट सबैभन्दा बढी नबिल बैंकले ७१ करोड ४७ लाख रुपैयाँ र सबैभन्दा थोरै सेञ्चुरी बैंकले ८ करोड ६० लाख रुपैयाँ बोनस रकम छुट्याएको छ । बोनस घटाउने बैंकले कर्मचारीलाई दिने बोनस रकम अघिल्लो आ.वको तुलनामा गत आ.व ११.८९ प्रतिशतदेखि ३९.०९ प्रतिशतसम्मले घटाएका हुन् ।
ग्लोबल आइएमई बैंकले ६५ करोड २५ लाख रुपैयाँ र तेस्रोमा राष्ट्रिय वाणिज्य बैंकले ६१ करोड ३ लाख रुपैयाँ बोनश छुट्याएका छन् ।
सम्बन्धित खबर
राजधानी किभतर्फ लम्किँदै रुसी सेना, वार्तापछि आक्रमण तीव्र
१९ मंसिर २०८२, बिहीबार
विदेशी सेवा भुक्तानीमा बैंकवित्तलाई सहजता, राष्ट्र बैंकको पूर्वस्वीकृति अब आवश्यक नपर्ने
१९ मंसिर २०८२, बिहीबार
मेगा बैंकद्धारा झापाका किसानलाई मेगा किसान कार्ड वितरण
१९ मंसिर २०८२, बिहीबार
