२० युनिट विद्युत खपत गर्नेलाई निःशुल्क बिजुली दिने निर्णय कार्यान्वयनमा आउदै
भदौ ६, काठमाडौं । २० युनिट बिजुली खपत गर्नेलाई निःशुल्क गर्ने सरकारको निर्णय डेढ महिनाभित्रै कार्यान्वयनमा आउने भएको छ।
गत शुक्रबार ललितपुरमा भएको एक कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री पम्फा भुसालले गरिबीको रेखामुनि रहेका नागरिकलाई निःशुल्क विद्युत उपलब्ध गराउने लक्ष्यका साथ आफूले सो निर्णय गराएको बताएकी थिइन् ।
ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री बने लगतै पम्फा भुसालले २० युनिट विद्युत खपत गर्ने नागरिकले निःशुल्क विद्युत उपलब्ध गराउने प्रतिबद्धता जनाएकी थिइन। त्यसका लागि विद्युत प्राधिकरणसँग आफूहरुले आवश्यक सबै प्रक्रिया पूरा गरिसकेको र अब विद्युत नियमन आयोगले निर्णय गरेपछि कार्यान्वयनमा आउने पनि स्पष्ट पारिन्।
मन्त्री भुसालले भनिन्, ‘२० युनिटसम्म विद्युत बाल्ने कति छन् भनेर आफूले सम्बन्धित निकायसँग रेकर्ड मागे। त्यो चाहिँ अहिले विद्युत प्राधिकरणमा २३ लाख र अन्य निजी क्षेत्रमा साढे ५ लाख घर परिवार रहेछन्। उनीहरुलाई २० युनिटसम्म निःशुल्क विद्युत उपलब्ध गराउन मैले नेपाल विद्युत प्राधिकरणको सामाजिक उत्तरदायित्व फण्डबाट व्यवस्थापन हुने गरी निर्णय गराएको छु। प्रतिघर परिवारको सरदर ५ जना सदस्यको दरले करिब १ करोड ४० लाख जनसंख्यालाई २० प्रतिशत युनिट विद्युत निःशुल्क उपलब्ध गराउने निर्णय गराएको छु। त्यो विद्युत नियमन आयोगले निर्णय गरेपछि करिब डेढ महिनाभित्र कार्यान्वयनमा आउँछ।’
उनले गरिबीको रेखामुनी रहेका नागरिकहरुको जिवनस्तर उकास्न सहयोगको अपिल समेत गरेकी छिन् ।
सम्बन्धित खबर
सामलिङ पावरको आईपीओ कात्तिक ४ देखि
१९ मंसिर २०८२, बिहीबार
१८ वर्षमुनिका बालबालिकालाई दशैंलगत्तै कोरोना खोप
१९ मंसिर २०८२, बिहीबार
कार्यकारी निर्देशकको राजीनामा पूर्ण गभर्नर आएपछि स्वीकृत हुन्छ, मैले स्वीकृत गर्न मिल्दैन’
१९ मंसिर २०८२, बिहीबार
