मंगलबार सुनको मूल्य तोलामा ३०० ले घट्यो

Heading3 BusinessSarokar | २३ पुष २०८२, मङ्गलबार

काठमाडौँ – नेपाली बजारमा मंगलबार सुनको मूल्य तोलामा तीन सयले ओरालो लागेको छ । 

आज सुनको मूल्य प्रतितोलामा ३०० ले ओरालो लागेर प्रतितोला ८९ हजारमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । सोमबार सुन प्रतितोला ८९ हजार तीन सयमा कारोबार भएको थियो ।

 तेजाबी सुनको मूल्य पनि गत सोमबारको मूल्यमा नै तीन सयले ओरालो लागेर ८८ हजार ५५० मा कारोबार भइरहेको छ ।  यता चाँदीको मूल्य पनि आज तोलामा पाँचले ओरालो लागेको छ ।  

आज चाँदीको मूल्य प्रतितोलामा एक हजार १६० मा कारोबार भइरहेको महासङ्घले जनाएको छ । 

सेयर गर्नुहोस्: Facebook Twitter WhatsApp