हिमालयन बैंक र नेपाल वन पैदावार उद्योग बीच ब्यवसायीक सम्झौता

बैंकिङ BusinessSarokar | २२ पुष २०८२, सोमबार

६ भदौ, काठमाडौं । हिमालयन बैंक र नेपाल वन पैदावार उद्योग व्यवसायी महासंघबीच व्यावसायिक सम्झौता भएको छ ।

बैंकले सम्झौताअनुसार महासंघका सदस्यहरुलाई एसएमइअन्तर्गत १२ करोड रुपैयाँसम्मको विशेष कर्जा प्याकेज प्रदान गर्ने जानकारी दिएको छ । यसका साथै बैंकले न्यूनतम ब्याजदर, कर्जा शुल्क, प्रतितपत्र वा बैंक जमानत जारी गर्न नगद मर्जिन र कमिसनमा बैंक जमानत जारी गर्ने भएको छ ।

बैंकका अनुसार उक्त सेवा संघका सदस्यहरुले बैंकका सबैं शाखाबाट सजिलै पाउनेछन् ।

सेयर गर्नुहोस्: Facebook Twitter WhatsApp