बैंक अफ काठमाण्डूले ल्यायो कन्ट्याक्टलेस भिसा डेबिट कार्ड सञ्चालनमा
बैंकिङ
BusinessSarokar
|
१९ मंसिर २०८२, बिहीबार
६ भदौँ, काठमाडौँ । बैंक अफ काठमाण्डूले कन्ट्याक्टलेस भिसा डेबिट कार्ड सञ्चालनमा ल्याएको छ ।
बैंकले प्रविधिको उच्चतम प्रयोग गरी ग्राहकलाई उत्कृष्ट सेवा तथा सुविधाहरु उपलब्ध गराउने क्रममा नयाँ कार्ड प्रयोगमा ल्याएको जनाएको छ । नियर फिल्ड कम्युनिकेसन (Near Field Communication) मा आधारित कार्डमा ट्याप सुविधा भएको पीओएस (POS) मेसिनहरुमा प्रयोग गर्न सकिने छ ।
उक्त प्रविधिमा मेसिन भित्र कार्ड नराखी एउटा सीमित दुरीबाट पीओएस मेसिनमा ट्याप मात्र गरी भुक्तानी गर्न सकिन्छ । बैंकका अनुसार कोभिड(१९ को जोखिम न्यूनीकरणका लागि यस कन्ट्याक्टलेस कार्डको माध्यमबाट भुक्तानी गर्दा ग्राहकलाई व्यक्तिगत दुरी कायम गर्न सहज हुनेछ ।
हाललाई यस प्रविधि मार्फत ग्राहकहरुले प्रति कारोबार दुई हजार रुपैयाँसम्म कारोबार गर्न सक्ने जनाएको छ ।
सम्बन्धित खबर
बैंक ब्याजदर घटाउन राष्ट्र बैंकसँग छलफल भइरहेको छः अर्थमन्त्री
१९ मंसिर २०८२, बिहीबार
सानिमा बैंकले तीजको अवसरमा ल्यायो विशेष योजना
१९ मंसिर २०८२, बिहीबार
रौतहटका किसानहरुलाई मेगा बैंकको कृषि कर्जा तथा वित्तीय साक्षरता कार्यक्रम
१९ मंसिर २०८२, बिहीबार
