सनराइज बैंकको संस्थापक शेयरको मूल्य संशोधन

बैंकिङ BusinessSarokar | २२ पुष २०८२, सोमबार

१० भदौं, काठमाडौं । सनराइज बैंकले गत साउन २२ गतेदेखि विक्री खुला गरेको ५० हजार कित्ता संस्थापक शेयरको मूल्य संशोधन गरेको छ । बैंकले संस्थापक शेयरधनी ज्योतिकुमार बेगानीको नाममा रहेको शेयर प्रतिकित्ता १६५ रुपैयाँबाट बढाएर १८५ रुपैयाँ पुराएको हो ।

बेगानीले उक्त शेयरको मूल्य संशोधन गरी प्रतिकित्ता १८५ रुपैयाँ गर्न लिखित निवेदन दिएसँगै बैंकले साउन २२ गतेको ३५ दिने सुचना रद्द गरी भदौ १० गते पुनः ३५ दिने सुचना जारी गरेको छ ।

संबैंकले परिवर्तित मूल्यमा आगामी ३५ दिनभित्र संस्थापक शेयरधनीहरुले बैंकको प्रधान कार्यालयको रजिष्ट्री विभागमा सिलबन्दी पेस गर्न समेत आग्रह गरेको छ ।

 

सेयर गर्नुहोस्: Facebook Twitter WhatsApp