एक्सेल डेभलपमेन्ट बैंकको हकप्रद आजदेखि निष्कासन

Heading2 BusinessSarokar | १९ मंसिर २०८२, बिहीबार

काठमाडौं– एक्सेल डेभलपमेन्ट बैंकको हकप्रद सेयर आज (सोमबार)देखि निष्कासन भएको छ। बैंकले १०ः३ अनुपातमा हकप्रद सेयर जारी गरेको हो। बैंकको हकप्रदमा कात्तिक १४ गतेसम्म आवेदन दिन सकिन्छ।

भदौ ३१ गतेसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीले बैंकको हकप्रदमा आवेदन दिन सक्नेछन्।

बैंकको हकप्रद सेयरको बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटल रहेको छ। हकप्रदमा एनआईबीएल एस क्यापिटलसँगै एक्सेल डेभलपमेन्ट बैंकका सम्पूर्ण शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ।

हकप्रद निष्कासनपछि बैंकको चुक्ता  पुँजी १ अर्ब ५ करोड रुपैयाँ पुग्नेछ ।
सेयर गर्नुहोस्: Facebook Twitter WhatsApp