हिमालयन बैंकद्वारा सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रलाई आर्थिक सहयोग

अर्थतन्त्र BusinessSarokar | २३ पुष २०८२, मङ्गलबार

११ भदौ, काठमाडौं । हिमालयन बैंक लिमिटेडले सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रलाई आर्थिक सहयोग गरेको छ। बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत केन्द्रलाई सहयोग गरेको हो।

उक्त अस्पतालमा सेवा लिन आउने सेवाग्राहीहरुका लागि वार्डहरु मर्मतसम्भार गरी उचित सेवा प्रदान गर्न छ लाख ९२ हजार रुपैयाँ बराबरको आर्थिक सहयोग प्रदान गरेको बैंकले जनाएको छ।

अस्पतालमा रहेका जीर्ण वार्डका कारण सेवाग्राही तथा चिकित्सकहरुका लागि समेत समस्या परेकोले मर्मतसंभार गरी हस्तान्तरण गरेको बैंकले जनाएको छ।

सेयर गर्नुहोस्: Facebook Twitter WhatsApp