डिजिटल भुक्तानीलाई बेवास्ता गरेर अघि बढ्न सकिँदैन : गभर्नर

Heading1 BusinessSarokar | १५ पुष २०८२, सोमबार

काठमाडौं– डिजिटल फाइनान्सियल सर्भिसलाई बेवास्ता गरेर अघि बढ्न नसकिने राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बताएका छन्।

बिहीबार नक्सालमा रहेको भाटभटेनी सुपरमार्केटमा क्यूआरकोडबाट गरिने कारोबारको शुभारम्भ गर्दै गभर्नर अधिकारीले आगामी दिनमा डिजिटल फाइनान्सियल सर्भिसलाई आत्मसात गरेर अगाडि बढ्नुपर्ने बताएका हुन्।

भाटभटेनी सुपरमार्केटले बिहीबारबाट क्युआर कोड भुक्तानी सेवा सुरु गरेको हो। प्रभु बैंकको सहकार्यमा भाटभटेनीले क्युआर भुक्तानी सेवा सुरु गरेको हो।

क्युआरको उद्घाटन नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले गरेका छन्। उद्घाटनपछि गभर्नर अधिकारीले नगद कारोबार एकदमै झन्झटिलो हुने भन्दै क्युआरबाट भुक्तानीले समयको बचतसँगै सुरक्षित कारोबार समेत हुने बताए।

विद्युतीय माध्यमको फाइदा धेरै भएकाले डिजिटल प्रविधिलाई समयसँगै अघि बढाउनुपर्ने उनले बताए। क्यूआर कोर्डमार्फत भुक्तानी गर्दा समयको वचत हुनुका साथै पैसा लेनदेनसम्बन्धी अनेकन झन्झटबाट मुक्त हुन सकिने उनले बताए।

गभर्नर अधिकारीले डिजिटल नेपालको अभियानलाई सफल बनाउन सबैले आफ्नो ठाउँबाट सहयोग गर्नुपर्ने बताए। क्यूआर कोर्डको महत्त्व नेपालको  राष्ट्रिय हितको सन्दर्भमा विशेष रहेको बताउँदै नेपाल राष्ट्र बैंकले ययलाई प्रोत्साहित गरिरहेको बताए।

सेयर गर्नुहोस्: Facebook Twitter WhatsApp