सुनको भाउ स्थिर, चाँदीको बढ्यो

अर्थतन्त्र BusinessSarokar | २३ पुष २०८२, मङ्गलबार

काठमाडौं- नेपाली बजारमा आज सुनको भाउ स्थिर रहेको छ। चाँदीको भाउ भने बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि सुनको भाउ प्रतितोला ९१ हजार ६०० रुपैयाँ तोकिएको छ। गत शुक्रबार पनि सोही मूल्यमा सुनको कारोबार भएको थियो।

चाँदीको भाउन भने आज प्रतितोला १० रुपैयाँले बढेको महासंघले जनाएको छ। चाँदी आज प्रतितोला एक हजार २१० रुपैयाँमा कारोबार भइरहेको छ। गत शुक्रबार चाँदीको मूल्य प्रतितोला एक हजार २०० रुपैयाँ रहेको थियो।

सेयर गर्नुहोस्: Facebook Twitter WhatsApp