नेपाल–श्रीलंकाबीच मंगलबारदेखि सिधा उडान शुरु
Heading3
BusinessSarokar
|
१९ मंसिर २०८२, बिहीबार
काठमाडौं – आउँदो मंगलबारदेखि नेपाल र श्रीलंकाबीच सिधा हवाई उडान शुरु हुने भएको छ ।
नेपालका लागि श्रीलंकाका राजदूत हिमाली अरुणातिलकाले ट्वीट गर्दै मंगलबारदेखि काठमाडौं–कोलम्बो सिधा हवाई उडान शुरु हुने जानकारी दिएकी छन् ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले हप्ताको दुई मंगलबार र शनिबार काठमाडौं–कोलम्बो उडान हुने जानकारी दिए । प्रवक्ता क्षेत्रीले भने, ‘काठमाडौं–कोलम्बो सीधा उडानका लागि चार सेप्टेम्बरसम्म समर सेड्युल एप्रुभ भएको छ ।’
काठमाडौं–कोलम्बोको भाडादर न्यूनतम ५९९ देखि अधिकतम ११५८ डलरसम्म तोकिएको छ । श्रीलंकाको राष्ट्रिय ध्वजाबाहक श्रीलंकन एयरबाट उडान हुनेछ ।
सम्बन्धित खबर
दैनिक २० किलोको कोटाले माग धान्नै सकिएन : सुनचाँदी व्यवसायी
१९ मंसिर २०८२, बिहीबार
कार्यकारी निर्देशकको राजीनामा पूर्ण गभर्नर आएपछि स्वीकृत हुन्छ, मैले स्वीकृत गर्न मिल्दैन’
१९ मंसिर २०८२, बिहीबार
दसैंका लागि अग्रिम टिकट बुकिङ खुलाउँदै एयरलाइन्स
१९ मंसिर २०८२, बिहीबार
