गतसाता करिब ३ प्रतिशत ओर्लियो सेयर बजार

Heading2 BusinessSarokar | १६ पुष २०८२, मङ्गलबार

काठमाडौं– गतसाता नेप्से परिसूचक करिब ३ प्रतिशत घटेको थियो। अघिल्लो साता ३१८०.७८ विन्दुमा बन्द भएको नेप्सेको गतसाताको तनि कारोबारमा २.७३ प्रतिशतले घटेर ३०९४.०५ विन्दुमा बन्द भएको थियो।

गत साताको ट्रेन्डअनुसार यस साता नेप्से परिसूचक उकालो लागेमा ३२०० विन्दुमा प्रतिरोधको सामना गर्ने देखिन्छ भने ओरालो लागेमा ३००० विन्दुमा टेवा पाउने देखिन्छ।

गत साता नेप्से परिसूचकसँगै भोल्युम पनि घटेको छ। गत साता दैनिक औषतमा १३ अर्ब ८८ करोड रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ।

गत साता १३ उपसमूहमध्ये फाइनान्स उपसमूहमात्रबढेको थियो।  सो उपसमूहको परिसूचक गत साता ४.५७ प्रतिशत बढेको थियो।

सेयर गर्नुहोस्: Facebook Twitter WhatsApp