सेयर बजारमा पहिरो : ४९ अंकले घट्यो नेप्से, साढे १५ अर्बको कारोबार

Heading1 BusinessSarokar | १९ मंसिर २०८२, बिहीबार

काठमाडौं- साताको पहिलो कारोबार दिन आइतबार नेपालको पुँजीबजारमा उच्च अंकको गिरावट आएको छ। पुँजीबजार मापक परिसूचक नेप्से आज ४९.१८ अंकले घटेको छ।

फाइनान्सबाहेक सबै उपसमूहमा पहिरो लाग्दा आज नेप्से ३०४४.८७ विन्दुमा कायम भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जानकारी दिएको छ।

नेप्सेमा कूल १५ अर्ब ४८ करोड ३६ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। कूल २२७ वटा कम्पनीका दुई करोड ४६ लाख पाँच हजार ९८४ कित्ता सेयर एक लाख ५७ हजार ६९० पटक खरिद-बिक्री भएका थिए।

ठूला कम्पनीहरुको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि ८.५९ अंकले घटेर ५६२.८६ विन्दुमा ओर्लिएको छ।

आज नारायणी डेभलपमेण्ट बैंक र खानीखोला हाइड्रोपावर कम्पनीको सेयर कारोबारमा सकारात्मक सर्किट लागेको थियो।

यस्तै रुरु जलविद्युत् परियोजनाको कारोबारमा नकारात्मक सर्किट लागेको थियो।

अरुण भ्याली हाइड्रोपावर डेभलपमेण्ट लिमिटेडको सेयर सबैभन्दा धेरै एक अर्ब ३१ करोड ८३ लाख ४४ हजार रुपैयाँ बराबरको कारोबार भएको थियो। संख्यात्मक आधारमा पनि सोही कम्पनी अग्रस्थानमा रह्यो। उक्त कम्पनीको सबैभन्दा धेरै १७ लाख १२ हजार ३२९ कित्ता कारोबार भएको थियो। यस्तै जीवन विकास लघुवित्त वित्तीय संस्थाको सेयर सबैभन्दा धेरै १३ हजार ४१३ पटक किनबेच भएका थिए।

सेयर गर्नुहोस्: Facebook Twitter WhatsApp