२,००४ जनामा कोरोना संक्रमण, १,८४६ जना निको, १६ को मृत्यु
काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा थप २,००४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ६५८ पीसीआर परीक्षणमा १६१९ जना र ३ हजार ९९२ एन्टिजेन परीक्षणमा ३८५ जना गरी २००४ जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणमुक्त हुनेको संख्या १,८४६ रहेको छ भने १६ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ७९३ जना कोरोना संक्रमित देखिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं ५४१, भक्तपुरमा १०० र ललितपुरमा १५२ जना कोरोना संक्रमित देखिएका छन् ।
देशभर ३३ हजार ९३४ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । तीमध्ये ३१ हजार ६१९ होम आइसोलेसनमा छन् । संस्थागत आइसोलेसनमा २,३२७ संक्रमित छन् भने ५४४ जना आइसियुमा र १६६ जनाको भेन्टिलेटरमा उपचार भईरहेको छ । देशभर ३०२ जना क्वारेन्टाइनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
सम्बन्धित खबर
युनिलिभरको साधारण सभा कात्तिक ११ गते, प्रतिसेयर ६५० रुपैयाँ नगद लाभांश पारित हुँदै
अर्थतन्त्र सुस्तिँदै, असोजका लागि बैंकहरूको ब्याजदर थप घट्यो”
सार्वजनिक वाइफाई प्रयोग गरेर विद्युतीय कारोबार नगर्न राष्ट्र बैंकको आग्रह
