सेयर धितो कर्जाको सीमा हटाउन इन्भेष्टर्स फोरमको माग
Heading3
BusinessSarokar
|
२३ पुष २०८२, मङ्गलबार
काठमाडौं– सेयर धितो कर्जामा राखिएको १२ करोडको सीमा तत्काल खारेज गर्न नेपाल इन्भेष्टर्स फोरमले माग गरेको छ। अर्थमन्त्रीलाई ध्यानकर्षण गराउँदै फोरमले सेयर धितो कर्जाको सीमा खारेज गर्न माग गरेको हो।
नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति र एकीकृत निर्देशिकाले सेयर धितो कर्जाको सीमालाई १२ करोड रुपैयाँ सीमित गरेको छ।
तोकिएको १२ करोड रुपैयाँ पनि ३ वटा बैंक तथा वित्तीय संस्थाबाट मात्रै लिन पाउने व्यवस्था गरेको छ।
मौद्रिक नीतिमा गरिएको व्यवस्थाले लगानीकर्ताले सेयर बिक्री गरी ऋण चुक्ता गर्दा सेयर बजारमा प्रत्यक्ष दबाब सिर्जना भएको र यसको प्रभाव बजारमा परेको फोरमले जनाएको छ।
