आज देशैभरी १८९७ जनामा कोरोना संक्रमण, २० जनाको मृत्यु
Heading3
BusinessSarokar
|
१९ मंसिर २०८२, बिहीबार
२१ भदौँ, काठमाडौं । पछिल्लो २४ घण्टामा देशैभरी १८९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा आरटी पीसीआर परिक्षण गर्दा १४८८ जना र एन्टिजन परिक्षण गर्दा ४०९ जना गरि जम्मा १८९७ जना नयाँ संक्रमित थपिएका हुन् ।
त्यस्तै, पछिल्लो २४ घण्टामा १७४३ जना कोरोनामुक्त भएका छन् योसंगै नेपालभर हालसम्म कोरोना संक्रमित निको हुनेदर ९४.६ प्रतिशत रहेको छ । पछिल्लो २४ घण्टामा मृतकको संख्या २० रहेको छ । यस्तै हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार ८ सय ५८ रहेको छ ।
पछिल्लो २४ घण्टामा १५ हजार ९७९ जनाको कोरोना परिक्षण गरेका थिए ।
सम्बन्धित खबर
अर्थतन्त्र सुस्तिँदै, असोजका लागि बैंकहरूको ब्याजदर थप घट्यो”
१९ मंसिर २०८२, बिहीबार
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
१९ मंसिर २०८२, बिहीबार
वित्तीय क्षेत्रमा तरलता छ, ब्याजदर पनि तल झर्योः अध्यक्ष ढकाल
१९ मंसिर २०८२, बिहीबार
