आज देशैभरी १८९७ जनामा कोरोना संक्रमण, २० जनाको मृत्यु
Heading3
BusinessSarokar
|
५ माघ २०८२, आइतबार
२१ भदौँ, काठमाडौं । पछिल्लो २४ घण्टामा देशैभरी १८९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा आरटी पीसीआर परिक्षण गर्दा १४८८ जना र एन्टिजन परिक्षण गर्दा ४०९ जना गरि जम्मा १८९७ जना नयाँ संक्रमित थपिएका हुन् ।
त्यस्तै, पछिल्लो २४ घण्टामा १७४३ जना कोरोनामुक्त भएका छन् योसंगै नेपालभर हालसम्म कोरोना संक्रमित निको हुनेदर ९४.६ प्रतिशत रहेको छ । पछिल्लो २४ घण्टामा मृतकको संख्या २० रहेको छ । यस्तै हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार ८ सय ५८ रहेको छ ।
पछिल्लो २४ घण्टामा १५ हजार ९७९ जनाको कोरोना परिक्षण गरेका थिए ।
सम्बन्धित खबर
तीजको चहलपहल सकिएसंगै कोरोना संक्रमितको संख्यामा बृद्धि, २४ घण्टामा १५६२ जनामा कोरोना संक्रमण
तिब्बतमा नदी थुनिएर बनेको ताल फुट्दा भोटेकोशीदेखि नारायणीसम्म विनाशकारी बाढी
सिभिल बैंकको डेपुटी सीइओमा सचिनजङ्ग रायमाझी नियुक्त, २१ वर्षको बैंकिङ्ग अनुभव
