२१ भदौँ, काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्थाको शेयर सूचीकरणमा ढिलाई हुने भएको छ । साउन २७ गते देखि ३१ गतेसम्म सर्वसाधारणको लागि निष्काशनमा ल्याएको लघुवित्तको शेयर अर्को साता मात्रै सूचीकृत हुने भएको हो ।
अर्को साता भित्रै लघुवित्तको शेयर सूचीकरण भएर दोस्रो बजारमा कारोबार खुलाउने एसविआई क्यापिटलले जनाएको छ ।सूचीकरण सम्बन्धी सम्पुर्ण प्रकृया सम्पन्न भएपनि लघुवित्तको सिईओ काठमाडौं बाहिर रहेकोले शेयर सूचीकणमा ढिलाई भैरहेको क्यापिटलले जनाएको छ ।
लघुवित्तको सिईओ काठमाडौं आइपुगे लगतै शेयर सूचीकरणको प्रकृया अघि बढ्ने क्यापिटलले जनाएको छ ।अर्को साता भित्रै लघुवित्तको शेयर सूचीकरण भएर दोस्रो बजारमा कारोबार खुलाउने एसविआई क्यापिटलको तयारी छ ।
लघुवित्तले प्रति कित्ता १०० रुपैयाँ अंकित दरमा ३ करोड ९३ लाख ७५ हजार रूपैयाँ बराबरको ३ लाख ९३ हजार ७५० कित्ता शेयर निष्काशन गरेको थियो । त्यसमध्ये कर्मचारीहरुका लागि ५ हजार ४६९ कित्ता र सामूहिक लागनी कोषहरुलाई १९ हजार ६८८ कित्ता सुरक्षित गरी बाँकी रहेको ३ लाख ६८ हजार ५९३ कित्ता शेयर सर्वसाधारणहरूका लागि निष्काशनमा ल्याएको थियो ।
लघुवित्तको आईपिओमा माग भन्दा बढी आवेदन परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका अनुसार गोलाप्रथाबाट १० कित्ताको दरले शेयर वितरण भएको थियो ।गोलाप्रथाबाट भाग्यमानी ३६ हजार ८५६ जनाले १० कित्ता शेयर पाउदाँ ३ जना भाग्यमानीले थप एक कित्ता अर्थात ११ कित्ता शेयर पाएका थिए ।