सुनको भाउ तोलामा ७ सय रुपैयाँले घट्यो

अर्थतन्त्र BusinessSarokar | २३ पुष २०८२, मङ्गलबार

काठमाडौँ – सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेको छ । हिजो तोलाको ९१ हजार चार सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज तोलामा ९० हजार सात सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले घटेको छ । हिजो तोलाको १२ सय ३० रुपैयाँमा कारोबार भएको चाँदीको भाउ आज तोलाको १२ सय २० रुपैयाँ तोकिएको महासंघले जनाएको छ ।

सेयर गर्नुहोस्: Facebook Twitter WhatsApp