नियम निलम्वन गरेर बजेटसम्बन्धी प्रतिस्थापन विधेयक पेस गर्ने तयारी

Heading1 BusinessSarokar | २३ पुष २०८२, मङ्गलबार

काठमाडौं– प्रतिनिधि सभाका केही नियमहरु निलम्वन गरेर भएपनि बजेटसम्बन्धी अध्यादेशलाई प्रतिस्थापन गर्न बनेको विधेयक संसदमा पेस गर्ने तयारी गरिएको छ।

एमालेको अवरोधका बीच चलिरहेको प्रतिनिधि सभाको बैठकमा अध्यादेशलाई प्रतिस्थापन गर्न बनेको विधेयक पेस गर्ने र प्रतिनिधि सभाका केही नियमहरु निलम्वन गरेर पारित गर्ने तयारी भएको हो।

यसअघि सरकारले प्रतिपक्षी नेकपा एमालेसँग नियम निलम्वन गरेर प्रतिस्पाथन विधेयकलाई पारित गराउने प्रस्ताव गरेको थियो। तर, एमालेले सरकारको प्रस्ताव अस्वीकार गरेको थियो।

प्रतिनिधि सभाको नवौं अधिवेशन सुरु भएदेखि नै नेकपा एमालेले संसद बैठकमा अवरोध गर्दै आएको छ। बुधबार पहिलो दिनको बैठकमा एमालेको अवरोधकै बीच सरकारले राजनीतिक दलसम्बन्धी ऐनलाई संशोधन गर्न ल्याइएको अध्यादेश पेस गरेको थियो।

दोस्रो दिन (शुक्रबार)को पनि एमालेको अवरोधका कारण पहिलो बैठक १५ मिनेटका लागि स्थगित भएको थियो। १५ मिनेट स्थगित भएपछि सुरु भएको दोस्रो बैठकमा एमाले सांसदहरुको अवरोध र नाराबाजीकै बीच सभामुख अग्नि सापकोटाले अध्यादेश पेस गर्ने प्रक्रिया अगाडि बढाएका थिए।

सेयर गर्नुहोस्: Facebook Twitter WhatsApp