तेह्रथुम पावर कम्पनीको आईपीओ बाँडफाँट, करिब २३ लाखको हात खाली

Heading2 BusinessSarokar | २३ पुष २०८२, मङ्गलबार

काठमाडौं–  तेह्रथुम पावर कम्पनी लिमिटेडको आईपीओ बाँडफाँट भएको छ। कम्पनीको बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलको कार्यालयमा आयोजित एक कार्यक्रमबीच गोलाप्रथामार्फत कम्पनीको सेयर बाँडफाँट भएको हो।

क्यापिटलका अनुसार योग्य आवेदकहरुमध्ये ७४ हजार ४ सय जनाले १० कित्ताका दरले सेयर पाएका छन्।

कम्पनीले भदौ ९ गते देखि १३ गतेसम्म ८ करोड रुपैयाँ बराबरको ८ लाख कित्ता सेयर निष्काशनमा ल्याएको थियो।

कम्पनीले बिक्रीमा ल्याएको कुल सेयरमध्ये २ प्रतिशत कर्मचारीका लागि र ५ प्रतिशत कित्ता सेयर सामूहिक लगानी कोषलाई छुट्याएर बाँकी रहेको सेयर सर्वसाधारणमा बाँडफाँट गरेको हो।

कम्पनीको आईपीओमा २३ लाख ५५ हजार ४४७ आवेदकबाट कुल २ करोड ७८ हजार ४ सय कित्ता सेयरका लागि आवेदन परेको थियो। सोमध्ये ८ हजार ८२० जनाको आवेदन रद्द भएको क्यापिटलले जनाएको छ।

हाल २८ करोड रुपैयाँ चुक्ता पूँजी आईपीओ निष्कासनपछि कम्पनीको ४० करोड रुपैयाँ पुग्नेछ।
सेयर गर्नुहोस्: Facebook Twitter WhatsApp