Banking Khabar
बीमा

सगरमाथा इन्स्योरेन्स कम्पनी र सस्तो टिकेट्स बीच सम्झौता

January 12, 2021
सेयर:

 सगरमाथा इन्स्योरेन्स र सस्तो टिकेट्स प्रालिले वैदेशिक भ्रमणमा जाने व्यक्तीहरुको सुविधालाई ध्यानमा राखी सुविधाअनुसार आफ्नो घर वा कार्यालयबाट नै अनलाईनमार्फत ट्राभल्स मेडिक्लेम बीमालेख लिन सक्ने व्यवस्था मिलाएको छ ।दुई कम्पनी बीच हालै भएको सम्झौतामा बीमा कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्री र सस्तो टिकेट्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सम्राट दाहालले हस्ताक्षर गरेका हुन् ।

उक्त सम्झौताअनुसार सस्तो टिकेट्सका ग्राहकहरुले सस्तो टिकेट्समार्फत एरलाईन्सको टिकेट लिने समयमानै आफूलाई आवश्यक पर्ने ट्राभल्स मेडिक्लेम बीमालेख लिन सक्नेछन् । उक्त बीमालेखले यात्राका क्रममा हुने बिमारीका कारण श्रृजित हुने आकस्मिक औषधोपचार खर्च, हस्पिललाईजेशन खर्च र व्यक्तीगत दुर्घटना बीमा जोखिम बहन गर्नेछ । सो बीमालेखमा अतिरिक्त बीमा शुल्क तिरेर ब्यागेज हराएमा वा ढिला आईपुगेमा वा पासपोर्ट मिसप्लेश भएको समेत जोखिमको रक्षावरण लिन सकिनेछ ।

ट्राभल्स मेडिक्लेम बीमालेख लिनका लागि सस्तो टिकेट्सको वेबसाईटमा उपलब्ध फर्म पूर्णरुपमा भरी बीमालेख लिने व्यक्तीको फोटो र पासपोर्ट अपलोड गरे पश्चात उक्त बीमालेख प्राप्त हुनेछ र बीमालेखको वेब कपि प्रिन्ट गरी लिन सकिनेछ ।कुनै कारणबस बीमालेखमा संशोधन गर्नु परेमा वा बीमालेख रद्ध गर्नु परेमा भने सक्कल बीमालेख सहित बीमित स्वयम् वा प्रतिनिधिमार्फत इन्स्योरेन्सको नजिकैको शाखा कार्यालयमा उपस्थित हुनुपर्ने जानकारी दिंदै कम्पनीलाई डिजिटाईजेशन गर्दै लाने नीतिअनुसार बीमालेख विक्री गर्ने फरक अवधारणा ल्याईएकोे कम्पनीका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्रीले बताए ।