नेशनल लाईफ इन्स्योरेन्सको साधारणसभा आज, १५.७८ प्रतिशत लाभांश पारित हुने
Heading3
BusinessSarokar
|
५ माघ २०८२, आइतबार
नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको चौँतीसौँ वार्षिक साधारण सभा आज मंसिर १८ गते, आइतबार नेशनल लाइफ भवन, केन्द्रिय कार्यालय, लाजिम्पाट, काठमाडौँमा बिहान १०ः३० बजेदेखि सुरू हुनेछ ।
सभाबाट कम्पनीको सञ्चालक समितीको बैठकले गरेको निर्णय अनुसार आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पुँजीको १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको ०.७८९ प्रतिशत नगद लाभांश गरि कुल १५.७८९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।
कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि मंसिर ८ गते एक दिन बुकक्लोज गर्ने निर्णय गरेको थियो त्यसैले, मंसिर ७ गतेसम्म नेप्सेमा कारोबार भइ कायम हुने सेयरधनीहरूले मात्रै साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।
सम्बन्धित खबर
कोभिडपछि आन्तरिक पर्यटनले भरथेग गर्दै नेपाली पर्यटन उद्योग
जागीर खोज्दै हुनुहुन्छ ? नेशनल माक्रोफाइनान्स लघुवित्तले माग्यो विभिन्न पदमा कर्मचारी
अब नेपाली बजारमा सामसङको नयाँ फोल्डएबल फोन ‘ग्यालेक्सी जेड फ्लिप–३ ५–जी’
