Banking Khabar
Heading3

अब अनलाइनबाटै माछापुच्छ्रे बैंकमा डिम्याट खाता खोल्न सकिने

September 12, 2021
सेयर:

२७ भदौँ, काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले ग्राहकको सुविधालाई मध्यनजर गर्दै अनलाइनमार्फत डिम्याट खाता खोल्न सकिने सुविधा सञ्चालनमा ल्याएको छ।

विगत लामो समयदेखि डिम्याटलगायत सेयर आवेदनसम्बन्धी सम्पूर्ण सुविधा प्रदान गर्दै आएको माछापुच्छ्रे बैंकले अत्याधुनिक प्रविधिको उपयोग गर्दै ग्राहकले जुनसुकै स्थानबाट बैंक नै नगई आवेदन दिन मिल्ने गरी अनलाइनबाट डिम्याट खाता खोल्ने सुविधा ल्याएको हो। ग्राहकलेअनलाइनमार्फत डिम्याट खाता खोल्न बैंकको वेबसाइटमा रहेको ‘अप्लाई नाउ सेक्सन’ मा गई वा सीधै https://www.machbank.com/demat  लिंक प्रयोग गरेर सहजै अनलाइनबाट डिम्याट खाता खोल्न सक्ने बैंकले जनाएको छ।

यसका साथै माछापुच्छ्रे बैंकमा खाता हुने ग्राहकले बैंकमा नगई सीधै डिम्याट खाता नम्बर प्राप्त गर्न सक्नेछन् भने माछापुच्छ्रे बैंकबाहेक अन्य बैंकमा बैंक खाता रहेका ग्राहकले अनलाइनमार्फत डिम्याट खाता खोल्ने प्रक्रिया पूरा गरिसकेपछि एकपटक आफूलाई पायक पर्ने माछापुच्छ्रे बैंकको शाखा कार्यालयमा गई परिचय खुल्ने कागजातसहित स्वयं उपस्थित भएपश्चात डिम्याट खाता नम्बर प्राप्त गर्न सक्नेछन्।

कोरोना माहमारीको जोखिम कायमै रहिरहेको समयमा कोरोना संक्रमणबाट बच्न र यसलाई समुदायमा फैलिन नदिन साथै देशका जुनसुकै स्थानबाट समेत सजिल्यै डिम्याट खाता खोली सेयर कारोबार गर्न सहज होस् भन्ने उद्देश्यका साथ बैंकले उक्त सेवा सञ्चालनमा ल्याएको हो।