१३ वर्षमा भारतको कोठी पुर्याइएकी बालिका सात वर्षपछि घर फर्किंदा …
काठमाडौं- १३ वर्षको उमेरमा आफन्तबाटै भारतको कोठीमा पुर्याइएकी एक बालिका सात वर्षपछि घर फर्केकी छन् । भारतको दिल्लीस्थित कागज कारखानामा काम लगाउने भन्दै लगिएकी ती बालिकालाई कोठीमा पुर्याइएको थियो ।
कक्षा ७ मा पढ्दै गरेकी ती बालिकालाई माइजू नन्दकली र उनकै दुई छोरी तारा र ममताले दिल्ली पुर्याएका थिए । बालिकाका बुवा सानैमा बिते। भाइबहिनी सानै थिए । आमाको दुःखलाई नजिकबाट देखेकी उनी काम पाउने र पैसा कमाउने प्रलोभनमा परिन् ।
‘काम कागज कारखानामा गर्ने हो। राम्रो कमाइ हुन्छ । आमाको दुःख पनि कम हुन्छ भनेपछि लोभिएँ,’ बिहीबार प्रहरीको सम्पर्कमा आएकी उनले भनिन्, ‘दिल्ली पुर्याएकै भोलिपल्ट दिदीहरूले कोठीमा धन्दा गर्न पठाए ।’ उनका अनुसार तारा र ममताले दिल्लीको जिपी रोडमा कोठी सञ्चालन गर्दै आएका छन् ।
उनले त्यही कोठीमा १५ महिना नारकीय जीवन बिताइन् । ‘दैनिक ४० जनासम्म ग्राहक आउँथे, यौन सम्पर्क गर्न नदिए पिट्थे,’ उनले भनिन्, ‘१५ महिना मेरा लागि १५ वर्ष जस्ता भए ।’ घरबाट जाँदा महिनाबारी पनि नभएकी उनी कोठीमा पुगेपछि गर्भवती भइन् । कोठी सञ्चालककी पत्नी जस्तै बनाएर गर्भपतन मात्रै गराइएन, अस्पतालमा उनको पाठेघर समेत झिक्न लगाइयो ।
‘पाठेघर झिकेपछि डाक्टरले ६ महिनासम्म पतिसँग यौन सम्पर्क नगर्नू भनेका थिए,’ उनले भनिन्, ‘एक महिनामै फेरि मलाई कोठीमा पुर्याएर धन्दा गर्न लगाइयो ।’ तारा र ममताले सञ्चालन गरेको कोठीको ५६ नम्बर कोठामा आफूलाई राखिएको उनले बताइन् । आफूलाई राखिएको कोठीमा धेरै नेपाली केटी रहेको जानकारी उनले दिइन् । नागरिक दैनिकबाट
सम्बन्धित खबर
धितोपत्र कारोबारमा ‘एओएन’को प्रावधान हट्यो
१९ मंसिर २०८२, बिहीबार
हिमालयका जहाजमा राखियो हार्ट अट्याक भएमा रोक्ने मेसिन
१९ मंसिर २०८२, बिहीबार
बुद्धभूमि नेपाल हाइड्रोपावरको आईपीओ आजदेखि विक्री खुला
१९ मंसिर २०८२, बिहीबार
