४ असोज, काठमाडौं । साताको दोस्रो दिन सेयर बजार नेप्सेमा ११४ अकंले पहिरो गएको छ । लगातार तीन दिनको बन्दपछि आज खुलेको शेयर बजार सुरुवात देखिनै गिरावट देखिएको थियो ।
आज सेयर बजार (नेप्से) ११४ दशमलब ०२ अकंले घटेर २६९८ दशमलब २५ विन्दुमा पुगेको छ । त्यस्तै ठूला कम्पनीहरुकोे कारोबार मापक सेन्सेटिभ पनि १९ दशमलब ५१ अकंले घटेर ५०६ दशमलब २७ अकंमा पुगेको छ ।
आज कुल सूचिकृतमध्ये २२५ कम्पनीको ८ अर्ब ४९ करोड ३४ लाख १ हजार ९ रुपैंया बराबरको १ करोड ७३ लाख ३० हजार ५३८ कित्ता सेयर किनबेच भएको छ । तिनको कारोबारमा १ लाख ७ हजार ५ सय ९६ पटक लेनदेन भएको हो ।
आज ७ कम्पनीको सेयर मुल्यमा नकारात्मक सर्किट लागेको छ । आज गुडविल फाइनान्स, पोखरा फाइनान्स, आईसिएफसी फाइनान्स, प्रोगेशिभ फाइनान्स, घलेम्दी हाईड्रोपावर, हिमालयन उर्जा विकास कम्पनी, युनाईटेड इदी मार्दी एण्ड आर।बि हाईड्रोपावर लगायतका कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको हो ।आज मनकामना स्मार्ट लघुवित्तको सेयर मूल्य भने ९.९९ प्रतिशतले बढेको छ ।
त्यस्तै, १८१ वटा कम्पनीका लगानीकर्ताले गुमाएका छन् । चार कम्पनीका लगानीकर्ताले मात्र कमाएका छन् । कारोबारको आधारमा आज सबैभन्दा बढी अरुण भ्याली हाइड्रोपार डेभलपमेन्ट कम्पनीको भएको छ । यस कम्पनीको आज ४० करोड भन्दा बढीको कारोबार भएको छ ।