विकास बैंकहरुमा पनि निक्षेपभन्दा कर्जा प्रवाह उच्च
Heading3
BusinessSarokar
|
१९ मंसिर २०८२, बिहीबार
काठमाडौँ – वाणिज्य बैंकहरुमा मात्रै नभएर विकास बैंकहरुमा पनि संकलन हुने निक्षेपभन्दा कर्जा प्रवाह उच्च देखिएको छ।
डेभलपमेन्ट बैंकर्स एसोसिएसनका अनुसार भदौ २५ गतेसम्म राष्ट्रिय तथा क्षेत्रीयस्तरका १५ विकास बैंकहरुमा ४ खर्ब ८९ अर्ब रुपैयाँ निक्षेप रहेको छ।
एक हप्ताको अवधिमा यी विकास बैंकमा ७३ करोड १४ लाख रुपैयाँ अर्थात ०.१५ प्रतिशत निक्षेप बढेको हो।
त्यस्तै भदौ २५ गतेसम्म यी विकास बैंकले ४ खर्ब ३६ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन्। एक हप्ताको अवधिमा ३ अर्ब १४ करोड रुपैयाँ अर्थात ०.७३ प्रतिशतले कर्जा बढाएका छन्।
यस तथ्यांकमा कर्पोरेट डेभलपमेन्ट बैंक, सहारा विकास बैंक तथा साल्पा विकास बैंकको तथ्यांक समावेश गरिएको छैन।
सम्बन्धित खबर
इजरायलले माग्यो १ हजार नेपाली कामदार, मासिक तलब २ लाख
१९ मंसिर २०८२, बिहीबार
नबिल बैंक र पूर्वाञ्चल विश्वविद्यालय बिच बैंकिङ सेवा र तालिमको लागि सम्झौता
१९ मंसिर २०८२, बिहीबार
प्रतिनिधि सभाको बैठक बस्दै : बजेट पास गर्ने सत्तारुढ दलको तयारी
१९ मंसिर २०८२, बिहीबार
