सिजीको ‘यो उत्सवमा घरलाई बनाऔं सिजी स्मार्ट होम’ योजना सार्वजनिक
समचार
BusinessSarokar
|
१९ मंसिर २०८२, बिहीबार
सिजीले नजिकिदै गरेको दशैं र तिहार लक्षित ‘यो उत्सवमा घरलाई बनाऔं सिजी स्मार्ट होम’ योजना सार्वजनिक गरेको छ।
योजना अन्तर्गत सिजी ब्राण्डका कुनै पनि सामानको खरिदमा आकर्षक क्यास व्याक तथा उपहारहरु पाउन सकिने कम्पनीले बताएको छ।
५५ हजारसम्मको महाबचत गर्न सकिने यस योजनामा प्रत्येक १५–१५ दिनमा लक्की ड्र मार्फत सिजीको आकर्षक डबल डोर रेफ्रिजेरेटर ५ जनालाई र बम्परमा ३ जोडीलाई २ रात, तीन दिनको मेघौली सेराईको प्याकेज समेत जित्न सकिने व्यवस्था गरेको छ।
योजना अन्तर्गत सिजीका कुनैपनि एलइडी टिभी, रेफ्रिजेरेटर, चेष्ट फ्रिजर, शोकेश, कुलर र भ्याकुमको खरिदमा आकर्षक क्यास ब्याकका साथै विभिन्न सामानहरुमा विभिन्न किसिमका वारेण्टी समावेस गरिएको छ।
कम्पनीले यो योजना यही भदौ २५ गतेदेखि सिमित अवधिका लागि नेपालभर लागू गरेको छ।
सम्बन्धित खबर
इन्डोनेसियामा जैविक इन्धनको प्रयोग गरी सफल उडान परीक्षण
१९ मंसिर २०८२, बिहीबार
प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ३७ जिल्लाका ८८ निर्वाचन क्षेत्रमा मतपत्र छपाइ सम्पन्न
१९ मंसिर २०८२, बिहीबार
बजार खुलेको पहिलो दिन सुन तोलामा ७ सय र चाँदी ४५ रुपैयाँले बढ्यो
१९ मंसिर २०८२, बिहीबार
