Banking Khabar
राष्ट्रिय

टिकटक बनाउने क्रममा सेती नदीमा खस्दा नवविवाहिता बेपत्ता

September 14, 2021
सेयर:

२९ भदौँ, काठमाडौं । टिकटक बनाउने क्रममा सेतीमा खसेर एक नवविवाहिता युवती बेपत्ता भएकी छन्। तनहुँको शुक्लागण्डकी नगरपालिका–८ पुल्चोकस्थित सेती नदीमा खसेर पाँच दिनअघि मात्रै बिहे गरेकी १९ वर्षीया पवित्रा लम्साल बेपत्ता भएकी हुन्।

प्रहरीका अनुसार पुलचोकस्थित रक गार्डेनमा टिकटक बनाउने क्रममा उनी बेपत्ता भएकी हुन्। साथीभाइसँग मंगलबार दिउँसो पुगेकी उनले ढुंगामा उभिएर टिकटक बनाउने क्रममा चिप्लेर लडेको बताइन्छ।

प्रहरी निरीक्षक ज्ञानबहादुर खड्काका अनुसार युवती साथीहरुसँग गएकी थिइन्। नदीमा खसेपछि उनका साथीहरुले प्रहरीलाई खबर गरेका थिए । बेपत्ता लम्सालको खोजी भइरहेको प्रहरीले जनाएको छ ।