Banking Khabar
अर्थतन्त्र

सांग्रिला डेभलपमेन्ट बैंक र सिडिएस एण्ड क्लियरिङ्गबीच निक्षेप सदस्यता सम्बन्धि सम्झौता

September 14, 2021
सेयर:

२९ भदौँ, काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक र सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबीच निक्षेप सदस्यता सम्बन्धि सम्झौता सम्पन्न भएको छ । सम्झौतासँगै अब सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले पनि निक्षेप सदस्यको रुपमा सर्वसाधारणलार्ई सेवा सुविधा प्रदान गर्ने (डिम्याट खाता खोल्न सकिने)भएको छ ।

बैंकले जारी गरेको विज्ञप्ति अनुसार पुतलीसडक स्थित सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडको कार्यालयमा एक कार्यक्रमका बिच मंगलबार यस्तो सम्झौता भएको हो। सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत पूर्ण प्रसाद आचार्य र बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठले संयुक्त रूपमा सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

यो सँगै अब निकट भविष्यमै सांग्रिला डेभलपमेन्ट बैंकले आफ्ना सम्पूर्ण ९६ वटै शाखा कार्यालयहरु मार्फत निक्षेप सदस्यता सम्बन्धि कार्य सञ्चालनमा ल्याउनेछ । सांग्रिला डेभलपमेन्ट बैंकका मुलुकभर ९६ शाखा कार्यालयहरू र ३१ वटा एटिएम रहेका छन्।