प्रभु लाइफ इन्स्योरेन्सको २ करोड कित्ता सेयर सूचिकृत

शेयर बजार BusinessSarokar | २३ पुष २०८२, मङ्गलबार

पाल स्टक एक्सचेञ्ज (नेप्से)मा प्रभु लाइफ इन्स्योरेन्सको २ करोड कित्ता सेयर सूचिकृत भएको छ । शुक्रबार नेप्सेमा इन्स्योरेन्सको २ करोड कित्ता सेयर सूचिकृत भएको हो ।  पुस १७ गते नेपाल स्टक एक्सचेञ्ज (नेप्से) र इन्स्योरेन्सविच सूचीकरण सम्झौता भएको थियो। सोहि अनुसार नेप्सेले कम्पनीको शेयर सूचीकरण गरेको हो। यसअनुसार सूचीकरण भएको दोस्रो दिन अर्थात आइतबारबाट कम्पनीको शेयर दोस्रो बजारमा खरिद बिक्री हुनेछ।कम्पनीको शेयर दोस्रो बजारमा कारोबार गर्नको लागि पिएलआई ट्रेडिङ कोड पाएको छ भने पहिलो कारोबारको लागि १०९ रुपैयाँ ५६ पैसादेखि ३२८ रुपैयाँ ६८ पैसासम्मको ओपनिङ्ग रेञ्ज पाएको छ।यहि रेञ्जमा आधारित रहेर आइतबार इन्स्योरेन्सको शेयर कारोबार खुल्नेछ।

सेयर गर्नुहोस्: Facebook Twitter WhatsApp