Banking Khabar
Heading2

प्रि ओपन सेसनमा करिब डेढ अंक बढ्यो नेप्से परिसूचक

November 9, 2021
सेयर:

काठमाडौं– मंगलबार प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब डेढ अंक बढेको छ। साताको दोस्रो कारोबार दिन सोमबार १९.२० अंक घटेर २८२९.६४ विन्दुमा बन्द भएको नेप्से आजको उक्त सेसनमा १.३६ अंक बढेर २८३१ विन्दुमा पुगेको छ। आज प्रि ओपनमा सेन्सेटिभ इण्डेक्स भने सामान्य घटेको छ। मंगलबार प्रि ओपन सेसनमा २३ कम्पनीको ५३ लाख ३८ हजार ७४ रुपैयाँ १७ पैसा बराबरको सेयर खरिदबिक्री भएको छ। आज उक्त सेसनमा ९ हजार ३६१ कित्ता सेयर कारोबार भएकोमा १४ कम्पनीको सेयरमूल्य बढेको छ। आज उक्त सेसनमा ४ कम्पनीको सेयरमूल्य घटेको छ भने बाँकी ५ कम्पनीको सेयरमूल्य स्थिर रहेको छ।