करिब १४ लाख कित्ता आईपीओ निष्कासनको तयारीमा विकास हाइड्रोपावर
Heading1
BusinessSarokar
|
२३ पुष २०८२, मङ्गलबार
काठमाडौं– विकास हाइड्रोपावरले आईपीओ निष्कासन गर्दै छ। कम्पनीले सर्वसाधारण लगानी कर्ताका लागि १३ करोड ८८ लाख ५० हजार रुपैयाँ बराबरको १३ लाख ८८ हजार ५ सय कित्ता आईपीओ निष्कासन गर्न लगेको हो।
कम्पनीले अधिकृत तथा जारी पूँजी ४६ करोड २८ लाख ५० हजार रुपैयाँको ३० प्रतिशतले हुन आउने रकम बराबरको आईपीओ निष्कासन गर्न लागेको हो।
कम्पनीले सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ। कम्पनीको आईपीओ निष्कासनसम्बन्धी सम्पूर्ण कार्य प्रभु क्यापिटलले गर्नेछ।
नियामक निकायको स्वीकृतिपछि सेयर निष्कासन गर्ने कम्पनीले जनाएको छ।
कम्पनीले गोरखा जिल्लाको दार्चे गाउँपालिकामा अवस्थितमा छाखोला अपर माछाखोला स्मल हाइड्रोपावर आयोजना निर्माण गरिरहेको छ। ४.५५ मेगावाटक्षमताको आयोजना निर्माण गरेको कम्पनीले हालसम्म ५० प्रतिशत निर्माण कार्य सम्पन्न गरिसकेको जनाएको छ।
सम्बन्धित खबर
कामना सेवा विकाश बैंकद्वारा ‘खगेन्द्र नव जीवन गृह’ मा औषधी तथा ह्वील चियर वितरण
महिलाहरुको सशक्तीकरण र क्षमता अभिवृद्धिमा नबिल बैंक प्रतिबद्ध, मार्च महिनामा ७ कार्यक्रम सम्पन्न
गाेरखाबाट बाबुरामले भने- अबको प्रधानमन्त्री प्रचण्ड नै हो
