आँखुखोला जलविद्युत् कम्पनीको सेयरको ‘लक इन पिरियड’ समाप्त

Heading2 BusinessSarokar | १६ पुष २०८२, मङ्गलबार

काठमाडौं– आँखुखोला जलविद्युत् कम्पनीको संस्थापकतर्फको र आयोजना प्रभावित स्थानीयमा वितरण भएको सेयरको ‘लक इन पिरियड’ समाप्त भएको छ। लक इन पिरियड समाप्त भएसँगै नेपाल स्टक एक्सचेञ्ज(नेप्से) ले कम्पनीको सेयर कारोबार फुकुवा गर्ने भएको छ।

कुनै पनि कम्पनीको संस्थापकतर्फको सेयर सर्वसाधारणमा बाँडफाँट भएको मितिले तीन वर्ष र आयोजना प्रभावित स्थानीयको सेयर बाँडफाँट भएको सेयर तीन वर्षसम्म कारोबार गर्न नपाइने व्यवस्था छ।

सोही व्यवस्था बमोजिमको अवधि पुरा गरी कम्पनीको संस्थापकतर्फको सेयर कारोबार कात्तिक १२ गतेदेखि र आयोजना प्रभाति स्थानियको सेयर कारोबार असोज ५ गतेदेखि फुकुवा हुने भएको हो।

कम्पनीले २०७५ साल असोज ४ गते आयोजना प्रभावित स्थानीयलाई ६ लाख २३ हजार ९८० कित्ता सेयर बाँडफाँट गरेको थियो।
सेयर बाँडफाँट भएको तीन वर्ष असोज ४ गते पुरा हुने भएकाले असोज ५ गतेदेखि स्थानीयले आफूसँग भएको सेयर कारोबार गर्न सक्ने कम्पनीले जानकारी दिएको हो।

त्यस्तै कम्पनीले सर्वसाधारण तर्फको सेयर २०७५ साल कात्तिक ११ गते बाँडफाँट गरेकाले आगमी कात्तिक १२ गतेदेखि मात्र कारोबार फुकुवा हुने भएको हो। कम्पनीको संस्थापक तर्फ ६० लाख कित्ता सेयर रहेको छ।

सेयर गर्नुहोस्: Facebook Twitter WhatsApp