पुँजीबजार सुधार संघर्ष समितिले राष्ट्र बैंकलाई बुझायो ज्ञापनपत्र

Heading1 BusinessSarokar | १९ मंसिर २०८२, बिहीबार

काठमाडौं- नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत् ल्याएको मार्जिन कर्जामा १२ करोड रुपैयाँको सिलिङ हट्नुपर्ने लगायतका विभिन्न माग राख्दै पुँजीबजार सुधार संघर्ष समितिले राष्ट्र बैंकलाई ज्ञापनपत्र बुझाएको छ।

संघर्ष समितिले विभिन्न नीतिमार्फत् आफूहरुलाई पिल्साउन खोजिएको भन्दै १८ बुँदे माग राखी सोमबार राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा प्रवक्ता देवकुमार ढकालसमक्ष ज्ञापनपत्र बुझाएको हो।

ज्ञापनपत्रमा लघुवित्त कम्पनीहरुले वितरण गर्ने लाभांशमा लगाइएको क्याप हटाउनुपर्ने, प्रोभिजनिङको व्यवस्था परिमार्जन गर्नुपर्ने लगायतका विभिन्न मागहरु राखिएको छ। साना लगानीकर्ता आदित्य शिवाकोटीले लगानीकर्ताहरुको भविष्यमाथि खेलवाड गर्ने काम भएकाले आफूहरुले १८ बुँदे ज्ञापनपत्र बुझाएको र माग पूरा नहुञ्जेलसम्म निरन्तर आन्दोलनमा उत्रिने बताए। उनले आफूहरुको माग पूरा नभए भदौ २३ गतेदेखि २९ गतेसम्म रिले अनशन बस्ने र ३० गतेदेखि आमरण अनशन बस्ने चेतावनी पनि दिए।

लगानीकर्ताहरुले राष्ट्र बैंक अगाडि प्लेकार्ड तथा ब्यानरसहित प्रदर्शन र नाराबाजीसमेत गरेका थिए।

सेयर गर्नुहोस्: Facebook Twitter WhatsApp