मैलुङखोलाको आइपिओ सूचीकृत

Heading3 BusinessSarokar | १६ पुष २०८२, मङ्गलबार

काठमाडौँ -हालै प्राथमिक सेयर (आइपिओ) जारी गरेको मैलुङखोला जलविद्युत कम्पनी सेयर बजारमा सूचीकृत भएको छ।

कम्पनीको कुल ३६ लाख ८१ हजार ४३० कित्ता आइपिओ सूचीकृत भएको हो। कम्पनीले कारोबार संकेतका रुपमा ‘एमकेजेसी’ पाएको छ। दोस्राे बजारमा यसको भोलिदेखि कारोबार खुल्नेछ।

कम्पनीको सेयरमा पहिलो कारोबारका लागि न्यूनतम मूल्य ९५ रुपैयाँ ७५ पैसादेखि २८७ रुपैयाँ २५ पैसासम्मको ‘रेञ्ज’ तोकिएको छ।

कम्पनीले सर्वसाधारणका लागि साउन १४ गतेदेखि आइपिओ जारी गरेको थियो। कम्पनीले सर्वसाधारणलाई कुल ७ लाख ३६ हजार २ सय ८६ कित्ता सेयर निष्कासन गरेको थियो।

यसमध्ये कर्मचारी र सामुहिक लगानी कोषका लागि छुट्याएपछि बाँकी ६ लाख ८४ हजार ७४६ कित्ता सेयर सर्वसाधारणलाई बाँडफाँड भएको हो।

रसुवा जिल्लामा बग्ने मैलुङखोलाबाट कम्पनीले ५ मेगावाट बिजुली उत्पादन गर्नेछ।

आयोजनाको कुल लागत ९० करोड २९ लाख अनुमान गरिएको छ। सो अनुमानमै सम्पन्न भएमा प्रतिमेगावाट लागत १८ करोड ५ लाख हुनेछ।

सेयर गर्नुहोस्: Facebook Twitter WhatsApp