मध्यराति पहिरोले घर पुरिंदा गुल्मीमा तीन दिदी–बहिनीको मृत्यु
समचार
BusinessSarokar
|
१९ मंसिर २०८२, बिहीबार
गुल्मी- गए राति (मंगलबार) को अविरल वर्षापछि गएको पहिरोमा पुरिएर गुल्मीमा तीन जनाको मृत्यु भएको छ । सदरमुकाम रेसुङ्गा नगरपालिका–८, भगवती मन्दिर नजिकै रहेको तिलक नेपालीको घर पहिरोले पुरिँदा तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
मृत्यु हुनेमा तिलकका १४ वर्षका जुम्ल्याहा छोरीहरू गंगा–जमुना र २१ वर्षकी छोरी भावना रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका डीएसपी पुरुसोत्तम पाण्डेयले जानकारी दिए । राति करिब १२ बजेतिर माथिबाट खसेको पहिरोले घरको एउटा कोठा पुरेको थियो ।
पहिरो खसेर छोरीहरूलाई पुरेपछि अर्को कोठामा सुतेका तिलकले एक जनालाई सानो प्वालबाट तानेर बचाएको वडाध्यक्ष भरत भलामीले बताए । राति नै नेपाली सेना, नेपाल प्रहरीको टोलीले पुरिएको कोठाबाट शव निकालेको थियो ।
सम्बन्धित खबर
सुबिसुले ल्यायो दक्षिणा अफर, आकर्षक सुविधा यस्ता छन्
१९ मंसिर २०८२, बिहीबार
बैंकले ऋण दिन कम गरेपछि बीमालेख धितो राखेर ऋण लिने बढे
१९ मंसिर २०८२, बिहीबार
मिटरब्याजसँग जोडेर लघुवित्तमाथि प्रहार हुन गलत – सांसद भगवती चौधरी
१९ मंसिर २०८२, बिहीबार
