घोप्टेभिरमा पहिरो : नारायणगढ–मुग्लिन सडक बन्द, खुलाउने प्रयास हुँदै
Heading1
BusinessSarokar
|
१९ मंसिर २०८२, बिहीबार
चितवन- नारायणगढ–मुग्लिन सडकअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४ घोप्टेभिरमा मंगलबार मध्यराति पहिरो खस्दा यातायात अवरुद्ध भएको छ । पहिरोले बाटो दुईतर्फी नै बन्द भएको चितवन प्रहरीले जानकारी दिएको छ ।
अहिले बुधबार बिहानैदेखि पहिरो पन्छाउन थालिएको प्रहरीले जनाएको छ । पहिरो पन्छाउन समय लाग्ने भएकाले अहिले बिहान ९ बजेयता बाटो खुल्ने सम्भावना नरहेको प्रहरीले जानकारी दिएको छ ।
लगातार वर्षाका कारण पहिरो खसेको हो । मध्यरातिदेखि बाटो बन्द हुँदा विभिन्न जिल्लाबाट काठमाडौं आउँदै गरेका तथा यताबाट अन्य स्थान जाँदै गरेका सवारीसाधनको लामो लाइन लागेको छ । यस वर्ष यो सडक खण्ड पटक–पटक अवरुद्ध भइसकेको छ ।
सम्बन्धित खबर
वामदेव गौतमले दिए पार्टीबाट राजीनामा
१९ मंसिर २०८२, बिहीबार
तथ्यांकमा हेर्नुस् साउन र भदौमा कुन बैंकले कति बढाए कर्जा ?
१९ मंसिर २०८२, बिहीबार
झण्डै ४४ हजार मतसहित अग्रस्थानमा बालेन शाह,
१९ मंसिर २०८२, बिहीबार
