रुकुम पूर्वमा कृषि विकास बैंकको नयाँ शाखाको औपचारिक समुदघाटन

बैंकिङ BusinessSarokar | २३ पुष २०८२, मङ्गलबार

६ असोज, काठमाडौं । कृषि विकास बैंकले पुर्वि रुकुममा आफ्नो नयाँ शाखा विस्तार गरेको छ । उक्त शाखाको रुपमा कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्यायले उद्धघाटन गरेका हुन् ।

उदघाटन कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि तथा प्रमुख कार्यकारी अधिकृत उपाध्यायले यो क्षेत्र कृषिको लागी प्रचुर संभावना वोकेको क्षेत्र भएकोले सहुलियत पुर्ण कर्जाको उपयोग गरि व्यवासायीक कृषि तिर लाग्न सर्वसाधारणलाई आग्रह गरेका थिए ।

यस क्षेत्रका जनताको जिवनस्तर उकास्न र आय स्तर वृद्धि गर्न जस्तो सुकै परिस्थितिमा पनि कृषि विकास बैंकले घर आगनको वैंकको रुपमा सहकार्य गर्न तयार रहेको भनि आश्वस्त पारेका थिए ।

हाल यस क्षेत्रका करिब ५०० भन्दा वढी निक्षेपकर्ताले खाता खोली बैंकिङ कारोवार गर्दै आएका छन् ।

सेयर गर्नुहोस्: Facebook Twitter WhatsApp