Banking Khabar
सूचना

केन्ट आरओको दसैं-तिहार अफर सार्वजनिक

September 26, 2021
सेयर:

काठमाडौं- केन्टका उत्पादनहरूको नेपालका लागि आधिकारिक वितरक ईओएल प्रालिले दसैं-तिहारलाई लक्षित गरेर ग्राहकका लागि विशेष अफर सार्वजनिक गरेको छ।

सीजी इलेक्ट्रोनिक्स अन्तर्गतको यस संस्थाले ‘यो चाडपर्वको मौसम, आफ्नो स्वास्थ्य १०० प्रतिशत शुद्ध पानीसँग मनाउनुहोस्’ नारासहित विभिन्न योजना सार्वजनिक गरेको हो।

भारत र नेपालको बजामा पानी शुद्धीकरण लागि केन्ट आरओ ग्राहकले सर्वाधिक रूचाएको ब्राण्ड हो। यस अफरअन्तर्गत केन्टको कुनै पनि आरओ मोडलको खरिदमा सीजी ब्रान्डको चपर उपहार स्वरूप प्रदान गरिएको कम्पनीले जनाएको छ।

यो ग्राहक योजना असोज ८ देखि नेपालभर सीमित अवधिको लागि लागू गरिएको कम्पनीको भनाइ छ।

‘आज सफा पिउने पानीे आवश्यकता बनेको छ। प्रत्येक वर्ष लाखौं नेपाली पानीजन्य रोगहरूले संक्रमित हुन्छन् र हजारौंले आफ्नो ज्यान गुमाउँछन्। तपाईंले पिउने पानीमा उच्च टीडीएस, ब्याक्टेरिया, भाइरस, कीटनाशक र अन्य हानिकारक रसायनहरू समावेश हुनसक्छ,’ कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ, ‘आरओबाट प्रशोधित भएको पानी हाम्रो परिवारको स्वस्थ जीवन र कल्याणको लागि महत्त्वपूर्ण आवश्यकता भएको छ।’