Banking Khabar
Heading1

मंगलबार सेयर बजारमा ७० अंकको पहिरो

September 28, 2021
सेयर:

काठमाडौँ – मंगलबार सेयर बजारमा ७० अंकको पहिरो गएको छ। सो अंकको गिरावटसँगै परिसूचक २६१५ अंकमा कायम भएको छ। यसअघि सोमबार ७३ अंकले घटेको थियो।

त्यस्तै आज कारोबार रकम भने सामान्य बढेको छ। सोमबार ५ अर्ब १२ करोडको सेयर किनबेच भएकोमा आज ५ अर्ब ७४ करोड पुगेको छ।

यस दिन सबै समूहहरु घटेका छन्। बैंकिङ ३६, विकास बैंक १५४, फाइनान्स १७५, होटल तथा पर्यटन  २४, जलविद्युत १३८, लगानी ३, जीवन बीमा ४३१, उत्पादन ८९, माइक्रोफाइनान्स १११, निर्जीवन बीमा ३२५, अन्य ३१ र ब्यापार समूह ७९ अंकले घटेका छन्।

१० कम्पनीको मूल्य बढ्यो भने १७३ कम्पनीको मूल्य घटेको छ। ३ कम्पनीको मूल्य भने स्थिर रह्यो।

मनकामना स्मार्ट लघुवित्तको मूल्य सबैभन्दा धेरै १० प्रतिशतले बढेको छ। सो वृद्धिपछि कम्पनीको मूल्य प्रतिकित्ता १७५३ रुपैयाँ कायम भयो।

मैलुङखोला जलविद्युतको मूल्य पनि १० प्रतिशतले बढ्यो। सो वृद्धिपछि कम्पनीको मूल्य प्रतिकित्ता २४८ रुपैयाँ ८० पैसा कायम भएको छ।

सामान्य मूल्य बढेका कम्पनीहरुमा मेगा बैंक, बोटलर्स नेपाल तराइ, ओरियन्टल होटल, विजय लघुवित्त, स्वाभिमान लघुवित्त, एनआइसी एसिया लघुवित्त, माहुली सामुदायिक लघुवित्त र गणपति लघुवित्त रहेका छन्।

हिमालय पावर पार्टनर, नेपाल हाइड्रो डेभलपर्स, गोर्खाज फाइनान्सको मूल्य १० प्रतिशतले घटेको छ।