बुद्धको जहाजले आज बिहानै भर्यो तीन उडान
पर्यटन
BusinessSarokar
|
१६ पुष २०८२, मङ्गलबार
काठमाडौँ – सोमबार ल्यान्डिङ गियरमा समस्या देखिएपछि विराटनगर अवतरण नगरी काठमाडौं फर्केको बुद्धको एयर एटीआरले मंगलबार बिहानै तीन उडान भरिसकेको छ।
उक्त एटिआरले काठमााडौं–सिमराका लागि दुई र पोखराका लागि एक उडान भरेको बुद्ध एयरले बताएको छ। कुनै समस्या नदेखिएपछि जहाजले नेपाल नागरिक उड्डयन प्राधिकरणबाट उडान भर्ने अनुमति पाएको हो।
उडानका क्रममा ल्यान्डिङ गियरको प्राइमरी इन्डिकेटरमा समस्या देखिए पनि प्राविधिकहरुले जाँच गर्दा कुनै त्रुटि नभेटिएको एयरको भनाइ छ।
सम्बन्धित खबर
थाहा पाउनुहोस् बैंकहरूले मुद्दतीमा तोकेको नयाँ ब्याजदर कुनको कति पुग्यो ? (सूचिसहित)
सञ्चालनमा आएन माथिल्लो मर्स्याङ्दी ‘ए’ जलविद्युत् आयोजना
हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्स एण्ड टेक्नोलोजी (HICAST) को रजत जयन्ती समारोह सम्पन्न
